११ श्रावण २०८१, शुक्रबार

मोडलिङ र अभिनयमा जम्दै सुरेश



धनगढी । कैलालीको अत्तरीयाका होटेल व्यवसायी सुरेश भट्ट मोडलिङ र अभिनयमा सँगसँगै अगाडी वढिरहेका छन । १० वर्ष अघि भारतको चर्चित टेलि सिरियल सिआईडीमा चिनजानको साथीको सहयोगले पाएको सानो भुमिकापछि उनलाई यो क्षेत्रले आकर्षित गरेपछि पछिल्लो समय उनी यसमा व्यस्त हुन थालेका हुन ।
देउडा र आधुनिक गीतहरुमा शिर्ष भुमिकासँगै कैलालीमा निर्माण भईरहेका अधिकांश लघु चलचित्रमा भट्टको मुख्य भुमिका रहँदै आएको छ । केही समय अगाडी छोईछिटो नामक लघु चलचित्रमा दले दमाईको भुमिका निर्वाह गरेपछि निकै चर्चा वटुलेका उनलाई अहिले पनि लघु चलचित्रमा अभिनय गर्न भ्याई नभ्याई छ । अहिले पनि उनी केही लघु चलचित्र र गीतहरुको सुटिङमा व्यस्त भएका छन ।
कैलाली र डडेल्धुरामा छायांकन गरिएको ‘कोपिला’ नाम लघु चलचित्रमा उनी अहिले अनुवन्धित भएका छन । ग्रामिण भेगका नेपाली चेलिबेटीहरुको पिडा र उनीहरु दलालको फन्दामा परे कसरी विदेशमा बेचिन पुग्छन भन्ने विषयवस्तु उठान गरिएको लघु चलचित्र कोपिालामा पनि भट्टको शिर्ष भुमिका नै रहेको छ । कोपिालामा गरेको अभिनय पनि दर्शकले रुचाउनेमा उनी ढुक्क रहेका छन । केही समय अगाडी छायाकंन सक्काएर अहिले सम्पादनमा रहेको काया नामक लघु चलचित्रपछि उनी कोपिलामा व्यस्त भएका हुन । आफुले लघु चलचित्रमा भुमिकालाई न्याय गरेका कारण धेरै दर्शकले रुचाएको होटेल व्यवसायी सुरेश भट्टको अनुभव छ ।
झण्डै दुई महिना अगाडी पश्चिम धनगढी नाम देउडा गीतमा अभिनय गरेका भट्टको त्यो गीत पनि निकै हिट भएको थियो भने उनले अभिनय गरेका एक दर्जन वढी म्युजिक भिडियो रहेका छन । त्यसमा अधिकांश देउडा र आधुनिक गीतका भिडियो रहेका छन । होटेल व्यवसाय जीवन निर्वाह गर्न र अभिनय तथा मोडलिङ रहर भएकोले यसमै रमाईरहेको भट्ट वताउँछन् ।
एक दर्जन वढी म्युजिक भिडियोमा मोडलिङ तथा आधा दर्जन लघु चलचित्रमा अभिनय गरेका उनी यसलाई अव व्यवसायिकतातिर पनि ढाल्ने तयारीमा रहेका छन । गरे भने प्रदेश नम्वर ७ र कैलालीमा पनि कला क्षेत्रमा राम्रो सम्भावना देखेपछि भट्ट यसलाई व्यवसायिकतामा परिवर्तन गर्ने तयारीमा रहेका छन । भट्ट कला क्षेत्रमा सफलता हासिल गर्दै जाउनेमा आशावादी भएर यो क्षेत्रलाई नछोड्ने पक्षमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार