६ कार्तिक २०८१, मंगलवार

सोनमकाे विवाह व्यापारीसँग हुने



बलिउड अभिनेत्री सोनम कपुरले भारतीय व्यापारी आनन्द आहुजासँग विवाह गर्ने भएकी छिन्।
बलिउड अभिनेता अनिल कपुरकी सुपुत्री अभिनेत्री सोनम कपुरले सन् २०१८ मा व्यापारी आहुजासँग विवाह गर्ने घोषणा गरेकी हुन् । विवाह जोधपुरमा गरिने समेत तय गरिएको छ।
अभिनेत्री सोनम र आहुजा तीन वर्ष देखि प्रेममा थिए । अभिनेत्री सोनम एक मिडियामैत्री बलिउड कलाकारका रूपमा स्थापित छिन् । उनी बलिउड क्षेत्रकी एक फेसनमैत्री अभिनेत्रीका रूपमा प्रख्यात छिन्।
यद्यपि उनीहरू बीच गत वर्ष नै इन्गेजमेन्ट भइसकेको हल्ला चर्चामा छ । हाल लन्डनमा छुट्टी मनाउन गएका उक्त जोडीले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार