२२ बैशाख २०८१, शनिबार

आप्रवासन सप्ताह २०१७ : वक्तृत्वकला, अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना



धनगढी । आप्रवासन सप्ताह २०१७ का शिलशिलामा आइतबार कैलालीको टीकापुरमा वक्तृत्वकला प्रतियोगिता भएको छ । त्यस्तै, सुखडमा सरोकारवालाहरूसंग अन्तरक्रिया र अत्तरियामा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम भएका छन् ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना र टीकापुर नगरपालिकाको सहकार्यमा ‘सुरक्षित आप्रवासनका लागि युवाको भूमिका’ विषयक वत्तृmत्वकला प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा टीकापुर नगरपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयका एक/एक जना विद्यार्थीहरू सहभागी थिए ।
प्रतियोगितामा कर्णाली मावि टीकापुरका भूपाल रोकाया प्रथम, खड्गस्मृति मावि टीकापुरका तुना थापा द्वितीय र त्रिभुवन मावि बटनपुरका अस्मिता साउँद तृतीय भए भने राष्ट्रिय मावि बेलुवाका सुजाता बुढाथोकीले सान्त्वना स्थान प्राप्त गरिन् ।
प्रतियोगितामा विद्यालय निरीक्षक धनराज धामी, शिक्षक घुम्मन बडायक र सरस्वती मावि बनगाउका प्रधानाध्यापक खगेन्द्र घर्तिमगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले सञ्चालन गरेको कार्यक्रम खड्ग स्मृति माविका प्रधानाध्यापक केशरबहादुर रावलको अध्यक्षतामा भएको थियो ।
त्यसैगरी, अत्तरियाको दुर्गालक्ष्मी माविका कक्षा ११ र १२ मा पढ्ने दुई सय जना विद्यार्थीहरूलाई वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । अभिमुखीकरणमा सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम अधिकृत कृष्णबहादुर विक र सामाजिक परिचालक शान्ति भाटले सहजीकरण गरेका थिए ।
अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१७ को अवसर पारेर हरेक वर्ष मनाइने आप्रपासन सप्ताह यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार