१ जेष्ठ २०८१, मंगलवार

‘इकु’लाई ‘फिर्के’को आशा



सुलेमान शंकर ‘इकु’को सम्पूर्ण ध्यान अहिले चलचित्र ‘फिर्के’ माथि छ । यो चलचित्रबाट उनी सफल कलाकार मात्र होइन, सफल मेकर पनि बन्न चाहन्छन् । यसैले, ओभरसिजमा चलचित्र विक्री गर्नेदेखि नेपाल प्रदर्शनका लागि उनको दौडधुप चलेकै छ । यो चलचित्रलाई उनले अमेरिकामा विक्री गरेका छन् । अमेरिकामा चलचित्र प्रदर्शनका लागि लक्षित फाउण्डेशनस“ग संझौता गरेको सुलेमानको भनाई छ ।
अमेरिकामा फ्रेवुअरीबाट विभिन्न शहरमा यो चलचित्र प्रदर्शन गरिनेछ । चलचित्रलाई रवि डंगोलले निर्देशन गरेका हुन् । नेपालमा यो चलचित्र पौष २१ गतेबाट रिलिज हुनेछ । गाउ“देखि शहर पसेको एक सिधा यूवाको कथामा यो चलचित्र बन्नेछ ।
चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिस्टिना पौडेल, विष्णु सापकोटा, अर्जुन गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ । ओमलाल गुरुङ र राजेश श्रेष्ठले यो चलचित्र निर्माण गरेका हुन् । अभिमन्यू निरबीको कथा, अष्ट महर्जनको एक्सन, मीत्र डी गुरुङको सम्पादन, रामकुमार केसीको छायांकन चलचित्रमा छ ।
चलचित्रको कमेडी पाटोले दर्शकको मन जितिसकेको छ । दर्शकको चाहना अनुसारकै चलचित्र बनाएकाले चल्नेमा इकुले आफू विश्वस्त रहेको बताए ।‘इकु’लाई ‘फिर्के’को आशा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार