१ जेष्ठ २०८१, मंगलवार

लगनगाँठो कसे अनुष्का र विराटले



क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा वैबाहिक जीवनमा प्रवेश गरेका छन् । इटालीको टस्कनीमा उनीहरुको विवाह सम्पन्न भएको छ । सोमबार राती विराट र अनुश्काले ट्वीट गर्दै विवाह भएको औपचारिक जानकारी गराएका छन् । बिराट र अनुष्काले लेखेको छन् कि–‘आज हामीले एक अर्कासँग वाचा गरेका छौं कि जीन्दगीभर प्रेमको बन्धनमा बाँधिने छौं ।’
वैबाहिक कार्यक्रममा शाहरुख खान, सचिन तेण्डुलकर लगायत ५० जनालाई निम्ता गरिएको थियो । बिहेका लागि अनुष्का र विराट केहि दिन अगाडि इटाली प्रस्थान गरेका थिए । उनीहरुले पहिलो वेडिङ रिसेप्सन २१ डिसेम्बर दिल्लीमा दिने भएका छन् ।

उक्त रिसेप्सनमा विराट र अनुष्काका नातेदार सहभागी हुनेछन् । दोश्रोे पार्टी २६ डिसेम्बरमा हुने भएको छ । जहाँ बलिउड र क्रिकेट क्षेत्रका हस्तिहरुका लागि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार