१ जेष्ठ २०८१, मंगलवार

सोल्टिनी भन्दै देखा परिन् कालेदाइकी माला



चलचित्र ‘पर्व’को ‘काले दाई काले दाई..’ बोलको आइट गीतबाट सर्वाधि चर्चामा रहेकी अभिनेत्री माला लिब्बुको अभिनय रहेको अर्काे गीत ‘सोल्टिनी…’ सार्वजनिक भएको छ ।
गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरेको ‘तिम्रै लाग्छ पिर…’ को म्युजिक भिडियो पनि उनको दमदार अभिनय रहेको छ ।
‘तिम्रै लाग्छ पिर…’ गीतमा हरि लम्सालको संगीत र नरेश भट्टराईका शब्दहरु छन् । अर्जुन तिवारीले छायांकन गरेको गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
गायक लिम्बुको ‘तिम्रै लाग्छ पिर…’ गीतको म्युजिक भिडियोलाई डिआइडी फेम कोरियोग्राफर सुनिल क्ष्ँेत्रीले गरेका हुन् । भिडियोमा सुनिल आफैंले अभिनेत्री माला लिम्बुसंग आकर्षक नृत्य तथा अभिनयमा देखिएका छन् । भिडियोमा नेपाली ठिटोजलाई पनि फिचरिङ गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार