५ कार्तिक २०८१, सोमबार

दुर्व्यसन नियन्त्रण कार्य प्रभावकारी नभएको गुनासो



धनगढी । लागू पदार्थ दुर्व्यसन नियन्त्रणका क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले प्रहरीले लागू पदार्थ दुव्यर्सन नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेका छन् ।
मंगलबार युवा शान्ति परिषद् धनगढीले आयोजना गरेको युवा र प्रहरीसंग अन्तक्र्रियामा सहभागीहरूले प्रहरीको मिलेमतोमा लागूपदार्थ ओसारपसार समेत हुने गरेको आरोप लगाए । लम्कीका सञ्जय चौधरी, फूलबारीका अमृता जोशी लगायतले लागू पदार्थ दुव्र्यशन नियन्त्रणका लागि प्रहरी र संघसंस्थाबीच समन्वयको कमी भएको बताए ।
अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले लागू पदार्थ ओासारपसार तथा दुव्र्यसन नियन्त्रण गर्न प्रहरी र समाजका सबै पक्ष एकजुट भए मात्र सम्भव हुने बताए ।
कार्यक्रममा युवा परिषद्का अध्यक्ष प्रेम ढुंगानाले लागू पदार्थ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसअघि कार्यक्रमको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार