२० बैशाख २०८१, बिहीबार

१७ वर्षपछि भारतलाई ‘मिस वर्ल्ड’को उपाधि



यस वर्षको ‘मिस वर्ल्ड २०१७’को उपाधि छिमेकी राष्ट्र भारतकी मानुषी छिल्लरले जितेकी छिन् । उनले विश्वभरबाट आएका ११७ देशका सुन्दरीलाई हराउँदै भारतकी सुन्दरीले यो ताज जितेकी हुन् ।
अन्तिम ५ मा पुगेकी मानुषीले दिएको जवाफले नै उनलाई विश्व सुन्दरी बनाउन सफल भएको छ ।
चीनमा आयोजना भएको ‘मिस वल्र्ड २०१७’को उपाधि जितेसँगै उनका आँखाबाट आँशु झरेका थिए । ६७ औं मिस वल्र्डको उपाधि मानुषीले जित्दै गर्दा फस्ट रनरअपको उपाधि भने मेक्सिकोकी सुन्दरी एन्ड्रेया मेजाले जितिन् । यस्तै, सेकेन्ड रनरअपको उपाधि वेलायतकी स्टेफेनिया हिलले जितन् ।
नेपालकी सुन्दरी निकिता चन्दक भने उत्कृष्ट ४० मा पर्न सफल भइन् । उनी, पपलुर विधाको उत्कृष्ट १० मा पनि पर्न सफल भएकी थिइन् । मानुषीको जन्म सन् १९९७ मे महिनाको १४ तारिखमा भएको हो । हरियणाकी मनुषीले यो बर्षको ‘फेमिना मिस इन्डिया’को उपाधि जितेकी थिइन् ।
मेडिकल विधामा अध्ययन गरिरहेकी मनुषीले १७ बर्षपछि भारतलाई ‘मिस वल्र्ड’को उपाधि जिताएकी हुन् । यसअगाडि नायिका ऐश्वर्य राय र प्रियंका चोपडाले यो उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार