२३ बैशाख २०८१, आईतवार

टीकापुरलाई पूर्ण खोप सुनिश्चित नगर घोषित



टीकापुर । कैलालीको टीकापुरलाई बुधबार पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । टीकापुर नगरपालिकाका वडा नम्बर १ देखि ५ सम्मका १२ महिनादेखि २३ महिना उमेरका सात सय ६२ जना बालबालिकाले खोपका सबै मात्रा पुरा गरेकोले टीकापुरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।
कार्यक्रम टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलको अध्यक्षतामा भएको थियो । जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष सुर्यबहादुर थापाले टीकापुरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेका थिए ।
र्‍याली सहित टीकापुरको भानुचौकमा भएको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रममा नगर उपप्रमुख केशरी विष्टले स्वागत गरेकी थिईन् ।
कार्यक्रममा पुर्ण खोप समन्वय समितीका पदाधिकारी, सदस्य, स्वास्थ्यकर्मी, स्वास्थ्यसंग सम्बन्धित व्यत्तित्व, आमा, महिला समुह लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार