२३ बैशाख २०८१, आईतवार

नि:शुल्क रक्त परीक्षण



टीकापुर । मधुमेह दिवसको अवसरमा लाईन्स क्लव अफ टीकापुर, लाइन्स क्लव अफ टीकापुर सीटी र लाइन्स क्लव अफ टीकापुर टाउनको संयुक्त आयोजना र साथी अस्पताल टीकापुरको सहयोगार्थमा मंगलबार टीकापुरमा नि:शुल्क रगत परीक्षण कार्यक्रम भएको छ ।
कार्यक्रममा कार्यक्रम संयोजक गोपीराम जैशी, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रवहादुर रावल, साथी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकरप्रसाद शर्मा, लाइन्स क्लव अफ टीकापुर सीटीका अध्यक्ष पार्वती जैशी, लाइन्स क्लव अफ टीकापुर टाउनका अध्यक्ष ढविन्द्र रावल लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा एक सय १५ जनाले सेवा लिएको र तीे मध्ये ४५ जनामा मधुमेह भेटिएकोसाथी अस्पतालका अध्यक्ष शर्माले बताए ।
लाइन्स अफ टीकापुरका अध्यक्ष नारायणप्रसाद न्यौपानेले स्वागत गरेको कार्यक्रमको संचालन क्लवका प्रथम उपाध्यक्ष तेजराज खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार