२० बैशाख २०८१, बिहीबार

कैसिन तकदिरमा नगरप्रमुख



धनगढी । जुनी फिल्म धनगढीको व्यानारमा निर्माण भइरहेको थारू चलचित्र ‘यी कैसिन तकदिर’ मा धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले अतिथि कलाकारका रूपमा अभिनय गरेका छन् ।
धनगढीस्थित पुष्पाञ्जली होटलमा शुक्रबार चलचित्र छायांकन एक दृश्यमा उनलाई अतिथि कलाकारका रूपमा देख्न सकिने छ ।
उक्त दृश्यमा फुलुवाको भूमिकामा किरण चौधरी र चम्फाको भूमिकामा उषा गोरी ब्रान्डले अभिनय गरेका थिए ।
चलचित्रमा आशिष डंगौरा, प्रमिला दहित, सुरज चौधरी, तेजा ऐर, प्रभात चौधरीको मुख्य भूमिका रहेको निर्देसक चन्द्र चौधरी ‘चाँद’ले बताए ।
चलचित्रको छायांकन र सम्पादन सतिश सिन्हाले गरेका छन् भने सिमसँग तामाङले द्वन्द्व निर्देशन र सुमन शंकरले मेकअप गरेका छन् ।
निर्देशक चौधरीका अनुसार चलचित्र पुस १५ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार