२० बैशाख २०८१, बिहीबार

दुबईको लाहुर्‍या गीतको म्युजिक भिडियो सार्वजनिक



कञ्चनपुर । पुर्व कबड्डी खेलाडी तथा नव सर्जक लक्ष्मण अधिकारीको पहिलो देउडा गीत ‘दुबईको लाहुर्‍या…’ को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । परदेशी युवाको पीडा तथा घरपरिवारको मायाको सेरोफेरोमा रहि तयार पारिएको गीत सोमबार म्युजिक नेपाल मार्फत सार्वजनिक भएको हो ।
गायक तथा संगितकार बिनोद बाजुरेली र गायिका टिका पुनको स्वरमा रहेको गीतमा शब्द अधिकारकै छ भने लय राजेन्द शाह बिपीको रहेको छ । भीम थापाको निर्देशन तथा कञ्चनपुरका विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोमा चर्चित देउडा गायक गायिकाहरू नरेन्द्रराज रेग्मी, लालबहादुर धामी अछाडी बड्डो, संगिता शाही, लक्ष्मण अधिकारी, अनिता अधिकारी लगायतको अभिनय रहेको छ ।
सुदूरपश्चिमको भाषा, कला संस्कृति संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले गीत तथा म्युजिक भिडियो निर्माण गरिएको अधिकारीले बताए । उनका अनुसार यो गीत अन्य गीतहरू भन्दा शब्दको दृष्टिकोणले फरक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार