१७ बैशाख २०८१, सोमबार

महिलाहरुबाट यौन सम्बन्धको प्रस्ताव आयोः इरफान खान



केही हलिउड चलचित्रमा समेत अभिनय गरेका बलिउड नायक इरफान खानले आफूलाई पनि केही महिलाबाट यौन सम्बन्धको प्रस्ताव आएको खुलासा गरेका छन् । नयाँ चलचित्र ‘करीब करीब’को पत्रकार सम्मेलनमा अनौपचारिक कुराकानी गर्दै इरफानले भने-‘मलाई पनि सँगै सुत्ने प्रस्ताव आयो । कसैले संकेत गरे त कसैले सिधै भने ।’ उनले भने-‘यस्तो प्रस्ताव राख्नेमा महिला पुरुष दुबै थिए ।’ भारतीय समाजमा यौनको विषयमा थोरै कुरा हुने भएकाले पनि यौन उत्पीडन बढी हुने गरेको उनको बुझाइ छ ।
भारतीय समाज जस्तै बलिउड चलचित्रमा पनि बहस धेरै हुन थालेको उनको बुझाइ छ । उनको भनाई अनुसार केही दर्शक हलिउडतिर लागेका छन् केही क्षेत्रिय फिल्म तिर ।
चलचित्र ‘पीकु’ मा नायिका दीपिका पादुकोणसँग काम गरेका इरफान खानले विशाल भारद्धाजको नयाँ चलचित्रमा पनि दीपिकासँग काम गर्ने भएका छन् ।
धेरै कलाकारको बायोग्राफी आइरहेको प्रसंगमा उनले अफ्नो बायोग्राफी नआउने दावी गरे । ‘म कहिल्यै बायोग्राफी लेख्दिनँ, बायोग्राफी लेख्नु भनेको आफ्नो राग आफैंले अलाप्नु हो ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार