१७ बैशाख २०८१, सोमबार

दिवाना मै तोहारको मूहुर्त



धनगढी । हमार म्यूजिक पहुरा प्रालिको ब्यानरमा बन्न लागेको चलचित्र “दिवाना मै तोहार” को बिहीबार धनगढीमा शुभमूहुर्त गरिएको छ ।
प्रेम कथामा आधारित सो चलचित्र थारू र भोजपुरी भाषामा निर्माण गरिने चलचित्रका निर्देशक राजकुमार श्रेष्ठले बताए ।
१० लाख रुपैयाँको लगानीमा निर्माण हुने सो चलचित्रका निर्माता शिशिर चौधरी रहेका छन् । चलचित्रमा संगत चौधरी, बिरु चौधरी, बिपिन बिसी, शिवराज भट्टराई, प्रेम चौधरी, अलिसा चौधरी, हरेन्द्र शाही, कालिका चौधरी, एनआर रिमाल, लवराज पन्त र डिल्लीसिंह थापा मुख्य कलाकार रहेका छन् ।
शुभमूहुर्तका क्रममा चलचित्रका प्रचार संयोजक गोविन्द मुखियाले स्वागत गरेका थिए । सो अवसरमा पत्रकार रञ्जित लामा तथा नवराज धानुक, प्याब्सन कैलालीका उपाध्यक्ष अम्बिकाप्रशाद आचार्य, कलाकार राजकुमार जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कात्तिक १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार