१७ बैशाख २०८१, सोमबार

पल र आँचलको यस्तो रोमान्स



पल शाह र आँचल शर्मा, अहिलेका हिट जोडी । उनीहरुको अनस्क्रीन केमेस्ट्रीलाई दर्शकले औधी रुचाएका छन् । पछिल्लो समय मह सञ्चारको चलचित्र सत्रुगतेमा आवद्ध यो जोडीले अभिनय गरेको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतको बोल हो, जानी नजानी । गायक हुन्, राजेश लामा । राजेश तिनै गायक हुन्, जसले ‘नक्कली नानी’ गीतबाट चर्चा कमाएका थिए ।
उक्त म्युजिक भिडियो विकास सुवेदीले निर्देशन गरेका हुन् । गीतमा किशोर घिमिरेका शब्द तथा सुरज शाही ठकुरीका कर्णपि्रय संगीत सुन्न सकिन्छ ।
उदयराज पौडेलले उक्त गीतलाई संगीत संयोजन गरेका छन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार