२३ बैशाख २०८१, आईतवार

दाइजो सहकारीको छैठौं साधारण सभा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, देवहरियास्थित दाइजो कृषि सहकारी संस्थाको बुधबार छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन भएको छ ।
साधारण सभाको जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष विश्वप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रकिरण रानाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा लेखा संयोजक सिट््टु रानाले आर्थिक वर्ष २०७३/०७४ को तीन करोड ९९ लाख ७३ हजार रुपैयाँको वास्तविक आयव्यय तथा आर्थिक वर्ष २०७४/०७५ को छ करोड ४० लाख ३८ हजारको प्रस्तावित आयव्यय विवरण प्रस्तुुत गरेका थिए ।
संस्थाका सचिव सर्जु रानाले सञ्चालन गरेको कार्यक्रममा ऋण समिति सदस्य जगतराम रानाले स्वागत गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सीताराम राना, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक कृष्ण रावल, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका रामबहादुर महरा, नवज्योति कृषि सहकारी संस्थाका चनकलाल चौधरी, कवि यज्ञराज यात्रीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२५ जना शेयर सदस्यबाट शुरु भएको सहकारी संस्था हाल दुई सय ९७ जना शेयर सदस्य रहेका छन् ।
सो अवसरमा संस्थालाई विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
संस्थाले स्थापनाकालदेखि महत्त्वपूर्ण सहयोग गरेका स्वर्गीय फूलराम रानालाई सम्मान गरेको थियो । त्यस्तै, असल बचतकर्ता बृजलाल राना र श्याम राना तथा असल ऋणी प्रेमबहादुर डंगौरा र बुद्धिराम चौधरीलाई सम्मान गरेको छ ।

असाेज २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार