४ आश्विन २०७८, सोमबार

प्रियंकाले अन्तरिक्ष यात्रीको भूमिका निभाउदै



केही समययता हलिउडमा व्यस्त बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडा चाँडै नै हिन्दी फिल्ममा र्फकने तयारीमा छिन् । उनले दुई वटा फिल्ममा एउटै भूमिका गर्ने तय भएको छ ।
प्रियंकाले निभाउन लागेको भूमिका हो, अन्तरिक्ष यात्रीको । उनले चााडै नै भारतीय अन्तरिक्ष यात्री कल्पना चावलाको बायोपिकमा काम गर्ने्छिन् । यसका अलावा उनले आमिर खानको अन्तरिक्ष यात्रीमाथि नै आधारित अर्को फिल्ममा पनि काम गर्ने निधो भइसकेउको छ । यो फिल्म पूर्व अन्तरिक्ष यात्री राकेश शर्मामाथि आधारित हुनेछ जसको नाम राखिएको छ, ‘सैलुट’ ।
सैलुटमा प्रियंकाले काम गर्ने चर्चा पहिलेदेखि नै चलिरहेको थियो । तर, यो पुष्टी भएको थिएन कि उनले कुन भूमिका निभाउनेछिन् । यसअघि उनले आमिरकी श्रीमतीको भूमिका निभाउने अनुमान गरिएको थियो । तर अहिले आएको ताजा खबर अनुसार प्रियंकाले यस फिल्ममा पनि अन्तरिक्ष यात्रीकै भूमिका निभाउनेछिन् ।
बलिउडमा कुनै पनि हिरोइनले अन्तरिक्ष यात्रीको भूमिका निभाउन लागेको यो पहिलो पटक हो । त्यसमा पनि दुई फिल्ममा एकैपटक एउटै भूमिका निभाउनु त दुर्लभ कुरा नै भयो । प्रियंका अहिले क्वान्टिको सिजन ३ मा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्