२३ बैशाख २०८१, आईतवार

बजार अनुगमन : अधिकांस मासु पसल अव्यवस्थित



धनगढी । बजार अनुगमनका क्रममा धनगढी बजारमा रहेका अधिकांस मासु पसल अव्यवस्थित रहेको पाइएको छ । धनगढीमा तीन दिनसम्म माछामासु पसलमा अनुगमन भइरहेको छ । धनगढी उपमहानगरपालिकाको कार्यालयले शनिबार धनगढीको हसनपुरदेखि मोतिचोकसम्मका मासु पसलमा अनुगमन गरेको थियो ।
अधिकांस माछामासु पसल अव्यवस्थित रहेको पाइएको थियो । १७ वटा मासु पसलमा अनुगमन गरिएकोमा पाँच पसलबाट ढकतराजु जफत गरिएको नापतौल कार्यालय धनगढीले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंक बिष्टले जहिले पनि अनुगमनका क्रममा माछामासु पसल अव्यवस्थित हुने गरेको, नविकरण नगर्ने र ढकतराजुमा गल्ती भेटिने गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार