२३ बैशाख २०८१, आईतवार

अधिकांस मासुपसल अव्यवस्थित



धनगढी । धनगढीका बजारमा रहेका अधिकांस मासु पसल अव्यवस्थित रहेको पाइएको छ । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको नेतृत्वमा बुधबार धनगढीको अदालतरोडदेखि भन्सारसम्मका मासु पसलमा गरिएको अनुगमनमा अधिकांस मासु पसल अव्यवस्थित रहेको पाइएको थियो ।
सो क्रममा हेमन्त मासु पसल, अशोक मासु पसल, मण्डल मासु पसल, विनोद शर्मा तथा प्रेम शाहले बासी तथा सडेको मासु बिक्रीका लागि राखेको पाइएको थियो । ती पसलबाट बासी तथा सडेको १८ किलो मासु बरामद गरी नष्ट गरिएको जनाइएको छ ।
अनुगमन टोलीले धनगढीका अधिकांस मासुमाछा पसलमा सरसफाईको कमी, ढकतराजुमा कमजोरी रहेको पाइएको जनाएको छ ।
नगर प्रमुख वडले दशैंतिहारमा उपभोक्ताले स्वच्छ, सफा र गुणस्तरीय मासु पाउन सकुन् भन्ने उद्देश्यले मासु पसलहरूमा अनुगमन व्यापक बनाइएको बताए ।
अनुगमनमा नगर प्रमुख वड, कार्यकारी अधिकृत पुरुषोत्तम शर्मा, प्रशासकीय अधिकृत सुरेन्द्र कार्की, सामुदायिक विकास शाखा अधिकृत टंक बिष्ट, पशुसेवा कार्यालयका मीनबहादुर थापा, माछामासु व्यावसायी संघका अध्यक्ष जीतेन्द्र यादव, उपभोक्ता मञ्चका अध्यक्ष हरि रेग्मी, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, प्रहरी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

असाेज ०५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार