१५ बैशाख २०८१, शनिबार

तपसीको विकिनी फोटोमा भद्दा कमेन्ट



बलिउड नायिका तपसी पन्नु विशेषगरि सामाजिक बिषय उठान गरिएका चलचित्रमा अभिनय गर्न रुचाउँछिन् । ‘पिंक, बेबी’ जस्ता चलचित्रमा काम गरेपछि उनी बलिउडमा अहिले निकै व्यस्त छिन् ।
उनी, अभिनित चलचित्र ‘जुड्वा २’ २ सातापछि रिलिज हुँदैछ । उनै, तपसीले ट्विटरमा आफ्नो विकिनी तस्बिर अपलोड गरिन् । यी तस्बिर ‘जुड्वा २’को एक गीतमा समावेश छ ।
तपसीले विकिनी तस्बिर पोष्ट गरेपछि फ्यानले निकै भद्दा कमेन्ट गरे । केहीले भने यस्तो तस्बिरमा निकै राम्री देखिएको समेत बताए । केही ट्विटर प्रयोगकर्ताले अश्लिल तस्बिर पोष्ट गरेको भन्दै गाली गरे त केहीले अश्लिल चलचित्रमा काम गरेर देशका जनतालाइ गुमराहमा राख्न खोजेको भन्दै आरोप समेत लगाए ।
तर, तपसीले पनि यस्तो कमेन्टमा दरिलो जवाफ दिएकी छिन् । उनले लेखेकी छिन्-‘अश्लिल , मलाइ थाहा छ यी तस्बिर अपलोड गर्नु अगाडि मैले आफूलाइ बालुवाले सफा गर्नुपर्ने थियो । अगाडि यी कुरामा ध्यान राख्नेछु, अहिले गल्ती भयो माफी पाउँ ।’
अर्का एक ट्विटर प्रयोगकर्ताले लेखे-‘भारतमा बोल्नका लागि स्वतन्त्रता छ । तिमीले यती कपडा पनि किन लगाएकी छौ । यसलाइ पनि खोलिदेउ । तिम्रो भाइ यो तस्बिर देखेर आफूमा गर्व महशुश गरिरहेको होला ।’ यो प्रतिक्रियामा तपसीले जवाफ दिइन्-‘मलाइ माफ गर्नोस्, मेरो भाइ छैनन् । नत्र सोधेर जवाफ दिने थिएँ । अहिलेका लागि बहिनीलाइ सोधेर भन्छु, हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार