२३ बैशाख २०८१, आईतवार

एडीबीको विज्ञ टोली र सञ्चारकर्मीबीच छलफल



धनगढी । एसियाली विकास बैंक (एडीबी) को विज्ञ टोली र सञ्चारकर्मीहरूबीच बुधबार धनगढीमा छलफल भएको छ ।
धनगढी उपमहानगरपालिकामा सञ्चालन हुन लागेको शहरी विकास परियोजनासम्बन्धी जानकारी गराउन छलफल कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
छलफल कार्यक्रममा एडीबीका डिजाइन तथा सुपरिभिजनका ११ जनाको विज्ञ टोली सहभागि रहेका थिए ।
विज्ञ टोलीले परियोजना पूर्णरूपमा कार्यान्वयन गर्न धनगढी उपमहानगरपालिकाले सडक निर्माण तथा विस्तारका लागि आवश्यक बाटो खाली गर्नुपर्ने, फोहोर व्यवस्थापन तथा बसपार्क लगायत निर्माण कार्यका लागि आवश्यक जग्गाको व्यवस्था गर्नुपर्ने चर्चा गरियो ।
‘उपमहानगरपालिकाले बाटो, बसपार्क, डम्पिङसाइट तथा अन्य भौतिक संरचना निर्माणका लागि जग्गाको व्यवस्था गर्नुपर्छ’ कार्यक्रममा एडीबीका परामर्शदाता अनिल नेपालले भने– ‘निर्माण कार्य गुणस्तरिय र समयमै सम्पन्न गर्ने काम र लाग्ने खर्च व्यहोर्ने जिम्मेवारी परियोजनाको हो ।’
‘जग्गा उपलब्ध गराउन उपमहानगरपालिकालाई दशै तिहारको समयवधि दिएका छौं’ उनले भने ‘उपमहानगरपालिकाले आफ्नो काम पुरा गरेपछि हामीले सर्भे, डिजाईन ईष्टिमेट, टेण्डर र निर्माण कार्य अघि बढाउने छौं ।’ उनले एक वर्षभित्रै डिजाईन, टेण्डरको काम सम्पन्न गरि १५ महिनाभित्रै निर्माण कार्य अघि बढ्ने बताए । परियोजनालाई तीन वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने अवधि दिईएको छ र पाँच वर्षभित्र पहिलो चरणको परियोजना सकिने उनले बताए ।
उनले एडीबीले परियोजनाअन्तर्गत परम्परागतभन्दा पनि आधुनिक प्रविधि (सेटेलाईट) बाट सर्भेको काम गर्ने बताए । उनले एडिविले यो परियोजनामा परम्परागत भन्दा पनि विज्ञानले दिएका प्रविधिहरुको निर्माण कार्यमा प्रयोग गर्ने बताए । ‘सडक, ढल बनाउँदा नागरिकहरुले विगतमा दु:ख पाउँथे’ उनले भने ‘हामीले यो परियोजनामा प्राविधिक पक्षमात्र होईन सामाजिक पक्ष पनि हेरेका छौं ।’ निर्माण कार्य गर्दा नागरिकलाई दु:ख नहुने गरि काम गर्न खाल्डो एक दिन पनि बाकी नराख्ने, निर्माण कार्य भईरहेको स्थानको सर्वसाधारणहरुलाई जानकारी गराउने लगायतका काम गर्ने बताए ।
परियोजनाले धनगढीले ५० वर्षपछि पाउने पुर्वाधारहरु पाँच वर्षभित्रै प्रदान गर्ने छ । परियोजनाले धनगढी उपमहानगरपालिकाको सडकमात्र होईन्, ढल, बसपार्क, फोहोरमैला व्यवस्थापन, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, खुल्ला मञ्च, सवारी पार्किङदेखि शहरका सामान्य समस्या समाधान गर्ने काम गर्ने छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले परियोजनालाई सफल पार्न हरसम्भव प्रयास गर्ने बताए । नगरप्रमुख वडले सबै वडाध्यक्ष तथा सदस्यहरूलाई आफनो ठाउाबाट परियोजना सफल बनाउन आग्रह गरे । ‘यो परियोजना सफल हुादा धनगढीको समृद्धितर्फको यात्रा अघि बढ्ने छ’ उनले परियोजना सञ्चालन गर्दा नागरिकले थोरै समस्या बेहोर्नुपर्ने बताए ।
परियोजनाले समेटेका धेरै स्थानमा कुनै विवाद नभएपनि केही स्थानमा मानिसहरुले जानकारी नपाएको बताए । ‘परियोजनाको कुनै बाटोमा स्थानीयले विरोध गर्छ भने हामी विरोध भएको स्थानलाई स्थगन गरि अन्यत्र बाटो निर्माण गर्ने छौं ।’ उनले परियोजना राम्रो भएकाले सर्वसाधारणहरुलाई विरोध नगरि व्यहोर्नु पर्ने क्षतिबाट पछि हट्न आग्रह गरे ।
‘धनगढीको समृद्धिका लागि नगरबासीले केही समस्या र कठिनाईलाई सहज ढंगबाट लिनु पर्दछ’ उनले परियोजना सफल हुादा धनगढीले अहिले भोग्नुपरिरहेको फोहोर व्यवस्थापन, खानेपानी, ढल निकास, भूउपयोग, सडक तथा यातायात व्यवस्थापन लगायतका अधिकांस समस्याको समाधान हुने बताए । एडिबीले उपमहानगरपालिकाको दीर्घकालीन विकासका लागि भनेर यो परियोजना सञ्चालन गर्न लागेको उनले बताए ।

भदाै २९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार