१६ बैशाख २०८१, आईतवार

आयुर्वेदिक अस्पतालमा उपचार गर्दै कपिल



टेलिभिजनमा कमेडी कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका कमेडियन कपिल शर्माका लागि अबको केही वर्ष टेलिभिजनको यात्रा सकशको विषय हुनसक्छ । सहकर्मी कलाकारसँग झगडा गरेको आरोप कपिललाई लागेको छ भने कार्यक्रममा गेष्ट बोलाएर सम्पर्कबिहिन भएको भन्दै सोनी टीभीले उनको कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ ।
कार्यक्रम बन्द भए लगत्तै कपिलको विषयमा विभिन्न टिका-टिप्पणी सुरु भएको छ । कोही भन्छन् उनलाई गम्भिर रोग लागेको छ । कोही भन्छन् मदिराले स्वास्थ्य स्थिती खराब भएको छ । तर, उनले भने आफुलाई यस किसिमको कुनै समस्या नरहेको दावी गरेका छन् ।
अहिले बैंगलोरस्थित एक आयुर्वेदिक अस्पतालमा उपचार गराइरहेका कपिलले स्वस्थ भएर काममा फर्किन चाहेको बताएका छन् । ‘हो अहिले म आयुर्वेदिक अस्पतालमा उपचार गरिरहेको छु । सेप्टेम्बर अन्तिमसम्ममा मुम्बई आउनेछु ।’ एक पत्रिकासँग कुराकानी गर्दै उनले भनेका छन् ।
विगत १० वर्षदेखि लगातार काम गरेकाले ब्लड प्रेसर, सुगर लगायतको समस्या भएको जानकारी दिदै कपिलले स्वास्थ्यमा पछि ठूलो समस्या नआओस् भनेर अहिले नै उपचार सुरु गरेको जानकारी दिए ।
सोनी टीभीसँग आफ्नो निकै राम्रो सम्बन्ध भएको भन्दै अन्य च्यानलवाट पनि कामको प्रस्ताव आइरहेको दावी गरे । साथै उनले आफु पूर्ण रुपमा स्वस्थ भएपछि आफ्नो चलचित्र ‘फिरंगी’ को प्रचारमा समय दिने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार