१० श्रावण २०८१, बिहीबार

सौर्य एअरलाइन्सद्वारा काठमाडाैं–धनगढी उडान सुरु



धनगढी । सौर्य एयरलाइन्सले शुक्रबार काठमाडौं–धनगढी रुटमा सेवा विस्तार गरेको छ । नेपालको आन्तरिक हवाई यातायातमा पहिलो पटक जेट जहाज सेवा भित्र्याएको सौर्यको काठमाडौं–धनगढी उडानलाई धनगढीमा भव्य स्वागत समेत गरिएको छ ।
सौर्यका उडान कर्मचारी र व्यवस्थापन समूहलाई स्वागत गर्न धनगढी उपमहानगपालिकाकी कार्यवहाक मेयर शुशिला मिश्र सहितको ठूलो समूह धनगढी विमानस्थल पुगेको थियो । सो अवसरमा वोल्दै कार्यवहाक मेयर मिश्रले धनगढी मात्र होइन समग्र सुदूरपश्चिमवासी सौर्यको उडान शुरु हुँदा खुसी भएको बताए । जनताको सेवा सुविधाका लागि सौर्य एलाइन्सले विश्वसनियताको वाताबरण बनाउनु पर्छ,’ उनले भनिन्, ‘सूचनाको आदानप्रदान गरेर यात्रुलाई ढुक्क बनाउन सकिन्छ ।’
प्राय: जहाजले निर्धारित समयभन्दा जहाज ढिलो उडाउदा, आकाशमा धेरै फन्को मार्दा पनि किन यस्तो भयो भन्ने कारण खुलाउँदैनन् यदि त्यस्तो बेला सूचना दिने हो भने जहाजप्रतिको विश्वास बढ्न सक्छ उनको सुझाव थियो । सौर्यले हरेक दिन दिउँसो १२:१५ बजे काठमाडौंबाट र १३:२५ बजे धनगढीबाट काठमाडौंका लागि उडान भर्ने सौर्य एयरलाइन्स प्रालिका प्रबन्धक निर्देशक गोपाल भट्टराईले बताए ।
सौर्य एयरको सेवा सञ्चालनपछि काठमाडौं–धनगढीको उडान समय बढीमा ४५ मिनेटको हुने बताइएको छ । अहिले अरु एअरलाइन्सको उडान समय ७५ मिनेटसम्मको हुने गरेको छ । दुई वर्षदेखि ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित सीआरजे २०० जेट जहाज सञ्चालन गर्दै आएको छ ।
सो एयरलाइन्सले हाल काठमाडौंदेखि नेपालगञ्ज, विराटनगर,भऽपुर र भैरहवासम्म हवाई सेवा सञ्चालन गरिरहेको भट्टराईले बताए । सौर्यको न्यूनतम भाडादर ४९,०० रहेको जनाइएको छ । सौर्यले शुक्रबार आवश्यक ५०/५० जना यात्रु पाएको छ भने शनिबार पनि अग्रिम बुकिङ राम्रो भएको प्रमुख बजार व्यवस्थापक मुकेश खनालले बताए ।
सौर्यको उडान समूहको स्वागतमा विमनस्थल पुग्नु भएका पर्यटन व्यवसायी मायाप्रकाश भट्टले सौर्यले विस्तार गरेको सेवाले सुदूरपश्चिमको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सौर्यसंगै धनगढीमा दैनिक पाँचवटा उडान हुन थालेका छन् । धनगढीमा बुद्ध अएरले दिनहुँ दुई, नेपाल एअरलाइन्स र श्रीएअरलाइन्सले एक/एक उडान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार