१६ बैशाख २०८१, आईतवार

शाहरुखको शोमा करणले काजोलसँग माफी मागे



कुनै समय करण जौहर र काजोलबिच उत्पात मित्रता थियो । तर, काजोलले अजय देवगणसँग बिहे गरेपछि उनीहरुको मित्रताको गाँठो फुस्कियो ।
यसबिचमा अजयसँग करणको झगडा पनि पर्‍यो । यसमा काजोलले आफ्नो श्रीमानलाई साथ दिइन् र करणसँग टाढिइन् । सम्वन्ध यतिसम्म बिगि्रयो कि करणले काजोलसम्म आफ्नो मित्रता भंग भएको सार्वजनिक घोषणा नै गर्न पुगे । आफ्नो हालै प्रकाशित बायोग्राफीमा उनले काजोलसँग सम्वन्ध बिगि्रनुको कारणबारे प्रकाश पारेका छन् ।
तर, अहिले आएर फेरि यी दुईबिच सम्वन्ध सुधार भएको छनक पाइएको छ । सार्वजनिक कार्यक्रममा भेट हुँदा उनीहरु सामान्य तवरले बातचित गरिरहेका हुन्छन् । के कारणले उनीहरुको सम्वन्ध सुधारियो भन्ने चाहिँ प्रष्ट भइसकेको छैन ।
करण हालै शाहरुख खानको शो टेड टक्समा अतिथि बनेर आएका थिए । त्यस क्रममा शाहरुखले उनलाई काजोलसँगको सम्वन्धको विषयमा कुरा कोट्याए । जवाफमा करणले आफूहरुबिचको तुष मेटिएको र पुन मित्रता बढेको जानकारी दिए ।
यति मात्र होइन, आफ्नो बायोग्राफीमा काजोललाई लिएर नकारात्मक टिप्पणी गरेकोमा उनले माफीसमेत मागे ।
करणले भने, ‘हामीबिच २५ वर्ष पुरानो मित्रता रहेको छ, र यो सजिलै टुट्दैन ।’

भदाै १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार