१० श्रावण २०८१, बिहीबार

सहकर्मीबाटै प्रहरी जवानको हत्या भएको खुलासा



कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बलमा कार्यरत जवानको उनकै सहकर्मीले हत्या गरेको खुलासा भएको छ ।
राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत २४ वर्षीय नरेन्द्र कुँवरको बुधबार राति सदरमुकाम महेन्द्रनगरमा हत्या भएको थियो । युवती विवादमा सशस्त्र प्रहरीमै कार्यरत जवान भानबहादुर विष्टले उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुर प्रहरी प्रमुख एसपी प्रकाश चन्दका अनुसार बुधवार राति ऐठपुरस्थित नहर नजिकैको संगम होटलमा बसेर मदिरा सेवन गरेका कुँवर र विष्टबीच युवतीका विषयमा विवाद भएको थियो । उनीहरुले मदिरा सेवन गरिरहेका बेला दुईजना युवती पनि त्यहाँ उपस्थित थिए ।
विवादपछि होटलबाट बाहिरिएका दुवै जना नहर किनारामा पुगेपछि पेसाब गर्न रोकिएको र सोहीवेला भानबहादुरले नरेन्द्रलाई ढुंगा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार