५ जेष्ठ २०८१, शनिबार

धनगढीमा बाडीलाल आइसक्रिम



धनगढी । विश्वका विभिन्न ४४ वटा देशमा बिक्री हुने बाडीलाल आइसक्रिम धनगढीमा पनि उपलब्ध भएको छ । धनगढीमा रहेको पिडी आईसक्रिम पार्लर एण्ड रेष्टुरेण्टमा सो आइसक्रिम पाइने बताइएको छ ।
आइसक्रिम पार्लरका सञ्चालक प्रेमबहादुर धामीका अनुसार सोमबारदेखि ६८ प्रकारका आइसक्रिम बिक्री भइरहेको छ ।
सो आइसक्रिम पार्लर करिब ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार