५ जेष्ठ २०८१, शनिबार

दुई अर्ब बढी लगानी



धनगढी । एनआईसी एसियाले सुदूरपश्चिम क्षेत्रमा झण्डै दुई अर्ब कर्जा लगानी गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
एक वर्षको अवधिमा एक अर्व २८ करोड निक्षेप संकलन गरिएकोमा त्यो भन्दा पनि वढी कर्जा प्रवाह गरेको बैंकको क्षेत्रीय प्रबन्धक टेकराज भट्टले जानकारी दिए ।
‘बैंक पनि साथी पनि’ भन्ने मूलमन्त्रका साथ अघि बढिरहेको यस बैंकले नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त पहुँच अभिवृद्धि गर्दै हालसम्म ११९ वटा शाखा कार्यालयहरू, ४ विस्तारित काउण्टरहरू, ७० एटीएम तथा चार हजार रेमिट्यान्स काउण्टरहरू लगायतको सञ्जालमार्फत आफ्ना सेवाहरू प्रदान गरिरहेको उनले बताए ।
सर्वसाधारणको वित्तीय पहुँचलाई थप सशक्तिकरण गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ पहुँच अभिवृद्घि गर्ने अभिप्रायले बैंकले चालु आर्थिक वर्षभित्र शाखा संख्या दुई सय भन्दा बढी, एटीएम संख्या चार सय भन्दा बढी, शाखारहित बंैकिङ सेवा दुई सय भन्दा बढी, पिओएस संख्या दुई हजार भन्दा बढी तथा रेमिट्यान्स पेआउट एजेन्ट संख्या दश हजार भन्दा बढी कायम गर्ने बताए ।
बैंकले आफ्नो व्यवसाय विविधिकरण गर्ने उद्देश्यले बचत खाता, खुद्राकर्जा तथा साना–मझौला व्यवसायिककर्जा विस्तारमा विषेश रणनीति लिएको छ उनले बताए ।
प्रविधिको अधिकतम प्रयोग मार्फत ग्राहकहरूलाई छिटो छरितो तथा सहज सेवा प्रदान गर्ने कार्यमा बैंक अग्रपंक्तिमा रहेको छ । यसै क्रममा इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतिको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा नेपालमा नै पहिलो पटक एशिया बैंकले उपलब्ध गराइसकेको क्षेत्रीय प्रबन्धक भट्टले जानकारी दिए ।
विद्युतीय बैंकिङलाई अझै शसक्त तथा प्रभावकारी रूपमा अघि बढाउँदै आफ्ना ग्राहकहरूलाई नविनतम् सुविधाहरू प्रदान गर्न बैंक कटिबद्ध रहेको उनले बताए ।
उनले अनलाईन प्रणाली मार्फत शेयर आवेदन, खाताखोल्न सकिने सुविधा तथा छिटो छरितो कर्जा स्वीकृतिको लागि स्कोर कार्ड मोडेल लागू गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार