३ जेष्ठ २०८१, बिहीबार

वर्दगाेरियामा मतगणना स्थगित



धनगढी । कैलालीकाे वर्दगाेरिया गाउँपालिकामा मतगणना स्थगित भएकाे छ ।

वडा नम्बर १ काे मतपत्रमा गाइ र रूखमा वडा अध्यक्षाका लागि परेकाे मत दाेहाेराे छाँप लागेकाे भनेर निर्वाचन अधिकृतले बदर गरेेपछि नेपाली काँग्रेसले विराेध गर्दा मतगणना स्थगित भएकाे हाे ।

राजनीतिक दलका प्रतिनीधिहरूले मतपत्र हेरेर काँग्रेसलाइ सदर गरेकाे मत निर्वाचन अधिकृतले बदर गर्न नमिल्ने भन्दै काँग्रेसले मतगणना गर्न अवराेध गरेकाे छ ।

विवाद समाधान नभएसम्म मतगणना शुरू नहुने जानकारी अाएकाे मतगणना स्थलबाट पत्रकार लक्ष्मी प्रसाद जाेशीले जानकारी  दिए ।

उक्त गाउपालिकामा अहिलेकाे समयसम्म वडा नम्बर १ काे ९०० र ६ काे ६०० गरि  १५ सय मतपत्र गणना भइसकेकाे छ । १५ सय मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार कर्णा कुँवरले अग्रता ल्याएका छन् । उनले तीन सय ९५ र प्रितद्वन्दी माअाेवादीका उम्मेदवार गणेशराज गिरीले २ सय ९४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार