२३ बैशाख २०८१, आईतवार

ललिपप न आउदै विवादमा



चर्चित गायिका ज्योति मगर र गायक हेमराज थापा सामाजिक सञ्जालबाट विवादमा तानिन थालेका छ्न्। तिज गित ललिपप २ को सामाजिक सञ्जालमा चर्चा परिचर्चासङ्गै गायक गायिका विवादमा तानियका हुन।
ललिपपको दोहोरो अर्थ लाग्ने तथा तिजको गितमा पनि दारु, भोड्का, हुस्की, जस्ता शब्दहरु राखियकाले धेरै दर्सक स्रोताहरूले सामाजिक सञ्जालमार्फत असन्तुस्टी पोखेका छ्न। तर गितका लेखक ठकुरी भन्छ्न, हरेक कुरामा दुईटा पक्ष हुन्छ एउटा राम्रो र अर्को नराम्रो, हाम्रो बानी के हुन्छ भने राम्रोलाई वास्तै नगरी नराम्रोलाई बढी केलाउने र त्यस्को बारेमा सोच्ने गर्दछौ। त्यसैले जो जस्तो सोच्छ त्यस्ले तेस्तै व्याख्या गर्छ। तर मैले यसको सकारात्मक पक्षलाई केलाउदै शिर्जना गरियको हो।
अनि ज्योतिले गाउने भन्ने पक्का पक्की भएपछि उहाँलार्इ फिट गर्ने खालका शब्दहरु खोज्नु पर्छ भन्ने लागेर हल्का परिमार्जन गरेको छु।
तिज आउदा लाउछ्न सारी रातो र हरियो, आफुलार्इ त बालै भयन आधुनिक परियो यो शब्दमा बिवाद गर्नु पर्ने के छ र छै न नि बस यउटा ललिपप भन्ने शब्द मात्र हो यो पनि विवाद गर्ने ठाउनै छैन। पोहोर पनि त यहि ललिपप लेखेको हो विवाद भयनत। ज्योतिले गाउदा चै बिबाद हुने यस्तो हुन्छ।
गायक हेमराज थापा भन्छ्न, गित भन्दा नि ज्योति विवादमा जस्तो लाग्यो । पोहोर सिर्जुसङ्ग गाउदा चै विवाद नहुने जे भएनी मैले धेरै आश बोकेको गित यहि हो जसरी ललिपल १ लाई माया गरिदिनु भयो त्यसरी नै ललिपप २ लाई पनि माया गरिदिनु होला सम्पुर्ण दर्शक, स्रोता, पाठकहरुलार्इ आग्रह गर्न चाहान्छु।
विवादमा तान्यो नि भन्ने प्रश्न्नमा गायिका मगर भन्छिन्, के विवाद छ, यस्तो कुरा सुन्ने बानी परि सक्यो मेरो लागि नर्मलै भै सक्यो। अरुत के भन्नू छ र ललिपप गित गाइयो, समग्रमा राम्रो छ यसको भिडियोमा पनि खेल्नुपर्छ भनेर भनी राख्नु भयको छ। हेरुम कुरा मिले सम्म भिडियोमा पनि मलाई देख्न सक्नु हुनेछ। सबैले माया गरिदिनु होला, तपाइको मायाले नै हामिलाइ उर्जा थप्ने गर्छ।रक्षा म्युजिक प्रालिको प्रस्तुतीमा निर्माण भएको गितका प्रस्तुतकर्ता कृष्ण रोकाया हुन।सो गितमा शब्द सृजना लोकु सिंह ठकुरी को रहेको छ भने गायिका ज्योति मगर र हेमराज थापाको स्वर मिसाइएको गितको रेकडिङ कार्य मारुनि डिजिटल रेकर्डिङ स्टुडियो लाजिम्पाटमा भयको छ। केशब बडुको यरेन्जमा बनेको गितको भिडियो दृस्य निर्माण केही दिनमा हुने निर्माण पक्ष ले जानकारी दियको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार