३ जेष्ठ २०८१, बिहीबार

रामायणकी सीता बन्न चाहन्छिन् आलिया



बलिउड अभिनेत्री आलिया भट्टलाई रामायणकी प्रमुख पात्र सीता बन्ने रहर जागेको छ । यो कुरा उनले सार्वजनिक रुपमा नै खुलासा गरेकी छिन् ।
तर, उनी सीताको त्यो भूमिका निभाउन चाहन्छिन् जुन मानिसहरुलाई थाहै छैन । कस्तो हो त त्यो भूमिका ?
आलिया हालै लेखक अमीश त्रिपाठीको किताब ‘सीता-वारियर अफ मिथिला’ को ई-ट्रेलर लन्चमा पुगेकी थिइन् । त्यहाँ उनले भनिन्, ‘यो किताबबाट मलाई थाहा भयो कि वाल्मिकीको अर्को पनि एउटा रामायण थियो जसमा सीता एक योद्धा थिइन् र उनले रावणको वध गरेकी थिइन् ।’
यस किताबमा सीताको जन्मदेखि लिएर उनको हरणसम्मको कथा समेटिएको छ । यो किताबमाथि फिल्म बनाउन थुप्रै निर्देशकहरुसँग आफ्नो कुरा भइरहेको अमिशले बताए । उनको भनाईमा रामको भूमिकाका लागि अभिनेता रणवीर सिंह फिट हुन्छन् ।
‘यो निर्देशकको कुरा हो कि उसले कसलाई लिन चाहन्छ, तर अभिनेत्रीको रुपमा मलाई अलिया मन पर्छिन् र उनले पनि सीता बन्ने इच्छा व्यक्त गरेकी छिन् । यदि फिल्म बन्यो भने उनी सीता बन्न सक्छिन्,’ उनले भने ।
आलिया भन्छिन्, ‘सीताको यो भूमिका एकदम निर्डर प्रकृतिको छ । उनी डराउँदिनन्, लड्छिन् । म यही सीताको भूमिका निभाउन चाहन्छिन् ।’
आलियाले यसअघि निर्देशक चेतन भगतको किताब ‘टू स्टेट्स’मा आधारित फिल्ममा अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार