१ जेष्ठ २०८१, मंगलवार

रेखाको वर्षकै पहिलो परीक्षा



नायिका रेखा थापालाई अहिले कस्तो शैलीको चलचित्रमा काम गर्दा ठिक होला भन्ने वुझ्न समस्या परिरहेको छ । रेखाले सधै एउटै शैलीको चलचित्रमा काम गरिन् भन्नेहरू चलचित्र बजारमा धेरै छन् । उनीहरुको मुख थुन्नका लागि रेखाले चलचित्र ‘पलाँस’मा अभिनय गरिन् । तर, चलचित्र चलेन । यो चलचित्रमा रेखा ‘कल गर्ल’को भूमिकामा थिइन् ।
अब, उनै रेखाले खलपात्रको भूमिका निर्वाहा गरेको चलचित्र ‘डायरी’ शुक्रबारबाट रिलिज हुँदैछ । रेखाले यो चलचित्रमा पहिलो पटक नेगेटीभ क्यारेक्टर निर्वाहा गरेकी छिन् ।
चलचित्र चल्नका लागि रेखाको स्टारडम आवश्यक छ । चलचित्रकी निर्मात्री तथा नायिका छुल्ठिम गुरुङ सिंगल र मल्टिप्लेक्स हलमा यो चलचित्र रिलिज हुने बताउँछिन् । सिंगलमा रेखाको स्टारडम बिक्छ । तर, मल्टिप्क्लेसमा रेखालाई समस्या छ ।
अनिल योञ्जन निर्देशित यो चलचित्रको व्यापारले रेखाको स्टारडम खुम्चिएको हो या उस्तै छ भन्ने देखाउनेछ । चलचित्रमा नव(नायक सन्नी सिंहको पनि अभिनय छ ।
एक्सन, प्रेम र रोमान्सको कथामा बनेको यो चलचित्रलाई निर्वाचनको मतगणनाले प्रभाव पार्न सक्ने आँकलन पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार