१७ बैशाख २०८१, सोमबार

डिभोर्सपछिको भोगाइ



एन्जेलिनासँगको वैवाहिक सम्बन्धविच्छेद भएपछि लामो समय गुपचुपमा रहेका अभिनेता ब्राड पिटले पहिलोपटक मुख खोलेका छन् ।
उनले जोली र आफ्ना सन्तानबाट अलग रहनुपर्दा खेपेका दु:ख, पीडालाई एक अन्तरवार्तासामु पोखेका हुन् । विच्छेदको झन्डै सात महिनापछि सार्वजनिक रूपमा मुख खोल्दै ब्राडले भनेका छन्, ‘जोलीसँग अलग भएपछि म निकै एक्लो भएको थिएँ । सबैतिरबाट अलग्गिएको महसुस हुन्थ्यो ।’ त्यसपछि पीडा भुल्न अत्याधिक रक्सी पिउन थालेको समेत उनले बताए । ‘तर अहिले ठीक छु । जब मैले थेरापी लिन थालें । अनि आफूलाई निकै आराम महसुस गर्न थालेको हुँ । अहिले त म आफ्ना भावनालाई आफ्नो मातहत राख्न सक्ने भइसकें ।’
कुनै समय अभिनेता ब्राड र अभिनेत्री एन्जेलिनाबीचको वैवाहिक जोडीलाई विश्वले रोल मोडलका रूपमा प्रशंसा गथ्र्यो । एन्जेलिनाको ब्रेस्ट क्यान्सर हुँदासमेत साथ दिएका ब्राडलाई पछि आफ्नै सन्तानलाई कुटेको आरोप जोलीले लगाएपछि सम्बन्धमा खटपट आएको थियो ।
जब कि सन् २००४ देखि सम्बन्धमा रहेको उक्त जोडीले त्यसको दस वर्षपछि मात्रै विवाह गरेको थियो । तर वैवाहिक सम्बन्ध भने त्यसको दुई वर्ष पनि टिकेन । गतवर्ष नै जोलीले सँगै रहन नसक्ने भन्दै तिडभोर्सका लागि केस फाइल गरिन् । छ बच्चाहरूको हेरचाह र आर्थिक लेनदेनमा चर्को बहसपछि डिभोर्स केसले गत सेप्टेम्बरमा किनारा पाएको थियो । त्यसो त जोलीले बच्चा कुटेको भन्ने आरोपबाट ब्राडले सफाइ पनि पाएका थिए ।
सम्बन्धविच्छेदपछिको अस्तव्यस्त समयलाई काबुमा राख्न ब्राडले आफूलाई विभिन्न कलाकृति बनाउनतिर समय दिएको पनि बताएका छन् । माटो, प्लास्टर, रबर र लठ्ठीहरूबाट उनले विभिन्न कलाकृतिसमेत बनाएका थिए । जोलीसँगको सम्बन्धविच्छेदपछि ब्राड पिटले अब आफूलाई फिल्म अभिनयमा पनि खास दिलचस्पी नरहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार