१७ बैशाख २०८१, सोमबार

बलिउडमै फर्किइन् प्रियंका, सस्पेन्स फिल्ममा देखिदै



अङ्ग्रेजी सिरियल ‘क्वान्टिको-२’ मा व्यस्त बलिउड नायिका प्रियंका चोपडाले यही वर्ष बलिउड चलचित्रमा काम गर्ने भएकी छिन् । अनिरुधा राय चौधरीसँग काम गर्ने सम्झौता गरेकी प्रियंका अब एउटा सस्पेन्स चलचित्रमा नायिकाको रूपमा देखिने भएकी छिन् ।
आउँदो जुनदेखि सुटिङ सुरु हुने यो चलचित्र सन् २०१८ मा प्रदर्शन हुने भएको छ । केही भारतीय मिडियाले उल्लेख गरे अनुसार अघिल्लो हप्ता मात्रै उनले अनिरुधासँग सम्झौता गरेकी थिइन् । यस चलचित्रको सुटिङ गोवा, कोलकत्ता लगायत भारतको विभिन्न सहरमा हुने भएको छ ।
‘क्वान्टिको’ मा काम गरेपछि हलिउड चलचित्र ‘बेवाच’मा मुख्य भूमिका निर्वाह गरेकी प्रियंका बलिउडमा एक्लो प्रयासमा यो स्थानमा आउन सफल नायिकाको रूपमा चिनिन्छिन् । बलिउडमा अहिलेसम्म उनको गडफादर कोही पनि छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार