१७ बैशाख २०८१, सोमबार

राजेन्द्रको झुमीझुमी बजारमा



युवा गायक राजेन्द्र बिष्टको आवाजमा रहेको ‘झुमीझुमी नाची देउ…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो युवा पुस्ताका लोकप्रिय गायक राजेन्द्र बिष्टको स्वर शब्दसंगीतमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
उनले सुदूरका विभिन्न देउडा, लोकदोहोरी, लोकपप डान्सिङ गीतमा सफलता हासिल गर्दै आएका छन् ।
एकपछि अर्को गर्दै नयाँ गीतहरू बजारमा ल्याएर सबैको मन जित्दै आएका उनले विशेष सबैले मन पराउने देउडा, लोकपप, लोकदोहोरी गीत गाउँदै आयका छन् ।
दीपेन्द्र सन्ज्याल, राज विष्ट, सम्पूर्ण खड्का, लीला गिरीको अभिनय रहेको भिडियोलाई करन चैसरले छायांकन गरेका छन भने अनिश लामाले निर्देशन गरेका छन् । कृष्ण पाण्डेले सम्पादन गरेको गीतमा केशव बडूको एरेन्ज रहेको छ ।

भिडियो हेर्ने यहाँ click गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार