१७ बैशाख २०८१, सोमबार

संगीतमा सज्जनको लगाव



धनगढी । नेपाली लोकदोहोरी क्षेत्रमा आफूलाई स्थापित गर्न संर्घष गरिरहेको नाम हो सज्जन धामी । अछामबाट संगीतमा केही गर्छु भनेर काठमाडौं छिरेका उनै सज्जनले पछिल्लो पटक आफ्नो नयाँ सांगीतिक कोशेली ‘माच्छी खोलै…’मा बजारमा लिएर आएका छन् ।
सज्जन धामी र सीमा चन्दको आवाजमा रहेको माच्छी खोली बोलको गीत सज्जनको पछिल्लो सांगीतिक कोशेली हो । हालसम्म १० वटा बढी गीतमा स्वर दिइसकेका सज्जनले करिब १५ बटा बढी गीतमा लय शब्द भरेका छन् ।
नयाँ सालसँगै नयाँ गीतलाई बजारमा ल्याउने तयारीमा जुटेका सज्जन विभिन्न कार्यक्रममा पनि आफ्नो सहभागिता जनाउँदै आइरहेका छन् । पछिल्लो समय व्यस्त सज्जन आफू यसै क्षेत्रबाट स्थापित हुन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार