१७ बैशाख २०८१, सोमबार

म्युजिक भिडियोमा व्यस्त अनिता



धनगढी । पछिल्लो समय नेपाली आधुनिक तथा लोकदोहोरी म्युजिक भिडियोमा व्यस्त छिन्, मोडेल अनिता बस्नेत ।
लकलेटी अनुहार, आर्कषक नृत्य तथा अभिनय क्षमता भएकी अनिता बढी जस्तो लोकदोहेरी भिडियोमा देखा पर्छिन । ओखलढुड्डाकी अनिताले अभिनय गरेका ‘यो मन किन रुन्न र…’, ‘म मरेको हल्ला…’ चर्चित लोकदोहोरी गीत हुन् । त्यसका साथै उनले अहिलेसम्म दर्जनौ म्युजिक भिडियोमा आफ्नो अभिनय तथा नृत्यकला देखाइ सकेकी छिन् ।
थुप्रै आधुनिक म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी अनिता आफू यसै क्षेत्रमा भविष्य खोज्दै आएको हुनाले संर्घष गरिरहेको बताउँछिन् । थुप्रै कुराहरू सिक्ने अवसर पाइने, आफ्नो कलाका माध्यमबाट समाजलाई सन्देश दिन र विश्व सामु चिनाउन पाइने भएका कारण पनि आफू कलाक्षेत्रबाट टाढिन नसक्ने बताउँछिन् ।
केही समय अगाडि कार्यक्रमको शिलशिलामा मलेशिया गएकी अनिताले एक महिना मलेशिया बसाईका क्रममा एकै पटक २० भन्दा बढी लोकदोहोरी म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार