१७ बैशाख २०८१, सोमबार

हटगर्ल भुनियाँ



धनगढी । झट्ट तस्बिर हेर्दा नचिन्न पनि सक्नुहुन्छ, तर यिनी हटगर्ल हुन् ‘मेरी बाँस्सै’की काली भुनियाँ । कुनै समय नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम मेरी बास्सैमा एउटी काली युवती भुनियाँको अभिनय गरेर चर्चा कमाउन सफल हरिशा बानियाँ आजभोली भने आफूलाई एउटा सेक्सी र सुन्दरी युवतीको रूपमा चिनाउन लागि परेकी छन् ।
पछिल्लो समय उनले आफ्नो फेसबुक एकाउन्टमा यस्ता किसिमका फोटो अपलोड गर्दै सबैलाई आफूलाई काली युवती भुनियाँका साथै सुन्दर र सेक्सी लुक भएकी युवतीका रूपमा चिनाउन लागि परेकी छिन् ।
मेरी बास्सैमा लामो समय देखा नपेर एकाएक गायव भएकी भुनियाँ अहिले ट्वाक्कटुक्क नामक सिरियलमा देखा परेकी छिन् । यस सिरियलमा आफूलाई कालिमाताको रूपमा प्रस्तुत गरेकी भुनियाँ पछिल्लो समय आफूलाई मेडेलका रूपमा स्थापित गर्न पनि लागि रहेकी छिन् ।
केही समय अघिमात्र मोडेल दुर्गेश थापासँग उनले ‘पिरतीको डोरी…’ बोलको गीतमा रोमान्स गरेकी छिन् । बेली डान्सरका रूपमा विभिन्न कन्र्सटहरूमा आफूलाई सहभागी गराउँदै आएकी भुनियाँ अहिले हास्य सिरियल ट्वाक्कटुक्कमा अलि बढी व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार