१७ बैशाख २०८१, सोमबार

थारू गीति एल्बम् विमोचन



धनगढी । सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानको आयोजनामा बिहीबार धनगढीमा २०७४ सालको शुभकामना आदानप्रदान कार्यक्रम तथा थारू गीति एल्बम्को विमोचन भएको छ ।
एल्बम्को नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठानका विज्ञ सदस्य डा. पुष्करनाथ भट्टले एक कार्यक्रमका बीच विमोचन गरे ।
प्रतिष्ठानका अध्यक्ष राजकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा ‘ए बाबा मोर लाग जन्नी खोज देहो…’ थारू गीतको विमोचन भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष अम्बिकाप्रसाद आचार्य, पूर्व सल्लाहकार गोविन्दराज राना, दलबहादुर बोगटी, नायक सुजर चर्नाबठ्वा, उपाध्यक्ष मीना सोव, प्रेम चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
हास्यव्यंग्य गीति म्यूजिक भिडियोको निर्देशक भरत साउँदले गरेका छन् । साहिल चौधरीको सम्पादन गीतमा मोडल मुन चौधरी, खुशीराम चौधरी र गीता चौधरीले अभिनय गरेका छन् । दर्पण कुशुम्याले स्वर दिएको गीतको छायांकन अमित विकले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार