१६ बैशाख २०८१, आईतवार

राम्रो अवसर पाए चलचित्रमा अभिनय गर्छु : हेमानी



धनगढी । कञ्चनपुरकी स्थानीय हेमानी ढुंगाल छोटो समयमै आफूलाई मोडलका रूपमा चिनाउन सफल भएकी छन् । अहिले लोकदोहोरी तथा आधुनिक गीतमा अभिनय गरेर आफूलाई चर्चामा ल्याउन सफल हेमानी देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा पनि निकै व्यस्त हुन थालेकी छन् ।
सानैदेखि नृत्यमा रुचि राख्ने उनले हालसम्म दर्जन बढी म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । उनले नेपाली लोकदोहिरीमा एक छत्र राज गरिरहेका सकर विसीदेखि अहिलेका नयाँ पुस्ताका कलाकारसँग काम गरिसकेकी छन् । मेला महोत्सवहरूमा तडकभडक प्रस्तुतिभन्दा सांस्कृतिक भेषभुषामा आफ्नो प्रस्तुति देखाएर सबैको मन जित्न सफल हेमानी नृत्यसँगै राम्रो अभिनय पनि गर्छिन् ।
उनले सुदूरपश्चिमका थुप्रै देउडा गीतमा आफ्नो नृत्य र अभिनय प्रस्तुत गरिसकेकी छन् । राम्रो अवसर पाए चलचित्रमा पनि अभिनय गर्ने इच्छा भएको बताउने हेमानी यही मे १ तारिखमा मजदुर दिवसको दिन मलेसियामा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन जाँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार