१६ बैशाख २०८१, आईतवार

मोडलिङमा भविश्य खोज्दै सुस्मा



धनगढी । उमेर १९ वर्ष उचाई ५ फिट ५ ईञ्च भएकी सुन्दर अनुहार अनि सेक्सी लुक्सकी शंखुवासभाकी सुस्मा भण्डारी मोडलिङमा भविश्य खोज्दै काठमाडौं छिरेको लगभग एक वर्ष भयो ।
कक्षा ११ मा अध्यन गर्दै गरेकी सुस्माले काठमाडौं आइसकेपछि अहिलेसम्म ४ वटा म्युजिक भिडियोमा आफ्नो कला देखाइसकेकी छन् । सानैदेखि नृत्यमा अब्बल सुस्मा पछिल्लो समय देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवमा पनि व्यस्त छिन् ।
उनले सञ्चारकर्मी सरोज कोइरालाको गीतबाट आफ्नो म्युजिकल करियर शुरु गरिन् । त्यसपछि उनले २ वटा चलचित्र जुन रिलिजको नजिक छन् ‘निसाफ’ र ‘समयको माग’ मा पनि आफ्नो कलासँगै कामुक अदालाई प्रस्तुत गरिन् ।
अहिले पनि २ वटा म्युजिक भिडियोको काममा लागिरहेकी सुस्मा यसै क्षेत्रमा भविष्य बनाउने मेरो रहर हो र त्यसको शुरुवात पनि गरिसकेको छु, तर कत्तिको सफल भइन्छ त्यो हेर्न बाँकी छ भन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार