१७ बैशाख २०८१, सोमबार

चर्चित गायक खुमन अधिकारीले गरे दोस्रो बिहे



चर्चित गायक खुमन अधिकारीले दोस्रो बिहे गरेका छन् । अधिकारीले गत सोमबार नक्सालको एक घरमा हिन्दु परम्पराअनुसार नै गायिका सुशीला गौतमसँग दोस्रो बिहे गरेका हुन् । उनले किन दोस्रो बिहे गरे त ! यसबारे तल प्रष्ट्याइएको छ ।
गायक अधिकारी र गायिका गौतमलाई जग्गेमा देख्दा साँच्चीकै बिहे जस्तो लागेपनि त्यो एउटा म्युजिक भिडियोको सुटिङ थियो । रियल बिहेमा हुने सबैकुरा देखिने त्यो माहोल एउटा रिलको लागि मात्र तयार पारिएको हो ।
त्यही बिहे गरेको उक्त भिडियो आजदेखि बजारमा आएको छ । लोकप्रिय गायिका गौतमको नयाँ पञ्चेबाजा गीत ‘माइतीघरको माया’ बोलको गीत बजारमा आएको हो ।
गायक खुमन अधिकारी र सुशीला गौतमले आवाज दिएको गीतमा गौतमको आफ्नै लय तथा शिव हमालको शब्द रहेको छ ।
म्युजिक भिडियोमा पनि गायक अधिकारी र गायिका गौतमको नै अभिनय देख्न सकिन्छ ।गायिका गौतमले आफ्नै युट्युबमार्फत गीतलाई बजारमा ल्याएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार