१६ बैशाख २०८१, आईतवार

बेलि डान्सर अनिताको नेपाली गीतमा ‘बोल्ड डान्स’



बेलायतमा बसेर अन्तर्राष्ट्रिय मोडलिङ प्रतिस्पर्धामा सहभागिता जनाउँदै आएकी मोडेल तथा बेलि डान्सर अनिता लिम्बु गायिका प्रीति आलेको गीतमा धमकेदार नृत्य प्रस्तुत गरेकी छन् ।
अङ्ग्रेजी तथा अफ्रिकन गीतमा समेत मोडलिङ गरिसकेकी लिम्बुले प्रीति आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा सोलो डान्स प्रस्तुत गरेकी छन् । लिम्बुले हट एण्ड बोल्ड सिन दिएकी छन् ।
उक्त भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीत र कम्पोज अशुसेन लामाको छ । केही महिना यता नेपालमा रहेकी अनिताले मोडलिङ र अन्य प्रोजेक्टमा काम गरिरहेको बताइन् ।
एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत मोडलिङ गरिसकेकी अनिताले ‘मिस स्पार्कलिङ ब्यूटी सो, युके तथा स्विडेनमा मा फस्ट रनर अपको उपाधि तथा ‘अक्सफोर्ड फेसन विक’को दसौँ सिजनमा सहभागिता जनाइसकेकी छिन् ।
लन्डन र पेरिसमा सम्पन्न ‘फेस अफ दि ग्लोब’मा छनोट समेत भइसकेकी उनी बुटिङहरुमा ‘कमर्सियल फोटोसुट’ समेत गर्दै आएकी छिन् ।
मिस च्यारिटीमा टपटेन, बर्मिङहममा फेसन मोडलिङ सो मार्फत पनि अनिता चर्चित छिन् । लन्डनमा आयोजना हुने अधिकांश फेसन सो, मिस च्यारिटीलगायतमा अनिताले सहभागिता जनाएकै हुन्छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार