१७ बैशाख २०८१, सोमबार

आधुनिक गायनमा भरत



धनगढी । कैलालीको बौनियाका भरत ताम्राकार नेपाली संगीतिक माहोलमा रमाइरहेका छन् । पहिलो एल्बम ‘प्रयास’ बाट आफ्नो संगीतिक यात्रा सुरु गरेका भरतले हालसम्म दुई दर्जन बढी गीत गाइसकेका छन् ।
भरतले दोस्रो एल्बम ‘समर्पण’ पनि बजारमा ल्याए, जसमा कुसराज समर्पणको शब्द तथा देव पुनमगरको सङ्गीत रहेको थियो । समर्पणमा रहेको ‘शुभकामना…’ गीतले निकै चर्चित पनि बन्यो । त्यसपछि सोही गीतलाई चलचित्र ‘हनिमुन नाइट’ ले आफ्नो चलचित्रमा लियो ।
‘ऐलानी पर्‍यो माया…’, ‘तिम्रा आधर झुकेका छन्…’, ‘बनाई अधेरी हरायौ निस्ठुरी…’, भरतका चर्चित गीत हुन भने पछिल्लो समय निकै नै रुचाइएको उनको गीत हो ‘कहाँ जाउला बास छोडी, तिम्रो दिल त मेरो घर हो…।’ सुरुमा भरत एक्लैले गाएको यो गीतले यति चर्चा कमयोकि, आउन लागेको चलचित्र ‘नसा एक लत’को लागि अहिलेकी चर्चित गायिका मेलिना राई र भरतको आवाजमा पुन: रेकर्ड गरियो ।
चार वर्ष क्लसिक म्युजिक सिकेका भरत आफै राम्रो सङ्गीतकार पनि हुन । जे होस्, भरतलाई शुभकामना हाम्रो पनि ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार