१७ बैशाख २०८१, सोमबार

अन्तरकलेज नृत्य प्रतियोगिता



धनगढी । जयमालिका कलेज धनगढीको आयोजनामा शुक्रवार धनगढीमा अन्तरकलेज/उमाविस्तरीय नृत्य प्रतियोगिता–२०७३ भएको छ ।
प्रतियोगितामा जयमालिका कलेजको ‘बी’ समूह प्रथम भएको छ । त्यस्तै, धनगढी इञ्जिनियरिङ कलेज (नाष्ट) द्वितीय र पद्मा नर्सिङ कलेज धनगढी तेस्रो भएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले १२ हजार, द्वितीय हुने टिमले आठ हजार तथा तृतीय टिमले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा छवटा कलेजको सहभागिता रहेको थियो ।
देउडागायक नरेन्द्रराज रेग्मीले उद्घाटन गरेको कार्यक्रम कलेजका संस्थापक अध्यक्ष चन्द्रसिंह चौधरीको अध्यक्षतामा भएको थियो ।
विद्यार्थी पूजा कोइरालाले स्वागत गरेको कार्यक्रममा नरेन्द्र रेग्मी, भवनी रेग्मी, त्रिवेन्द्र कर्णले निर्णायकको भूमिका निर्वाह रहेका थिए ।
कार्यक्रममा गायक ध्वज बोहरा, गायिका निर्मला विष्ट, गायक नरेन्द्रराज रेग्मी लगायतले पनि प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार