१६ बैशाख २०८१, आईतवार

मोडेल कृष्ण र अनिताको ‘बिगतका दिन…’ बजारमा आउँदै



धनगढी । नेपाली कलाकारिताका लागि मलेशिया उर्वर बन्दै गइरहेको बेला पछिल्लो समय मलेशियामा रहेर नेपााली सांगीतिक क्षेत्रमा मोडेलका रूपमा जमिरहेका सुदूरपश्चिमका मोडेल कृष्ण रोकाया र मोडेल अनिता वस्नेतद्वारा अभिनित लोक दोहोरी गीत ‘बिगतका दिन…’ छिट्टै बजारमा आउन लागेको छ ।
सबिता विकको प्रस्तुतिमा रहेको गीतमा भोजराज विक र पुर्णकला विसीको स्वर रहेको छ भने शब्द सबिता विकको रहेको छ । मलेशियाका विभिन्न रमणीय ठाउँहरूमा छायाकंन गरिएको भिडियो बजारमा आएपछि आफूलाई यस क्षेत्रमा स्थापित हुन थप मदत पुग्ने मोडेल कृष्ण रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार