११ पुष २०८१, बिहीबार

एक दर्जन बच्चाको आमा बन्नेछुः दीपिका



दीपिका पादुकोण बलिउडकी अविवाहित नायिका हुन् । तर उनलाई विवाह नगर्दै बच्चा जन्माउन हतार परेको रहेछ । त्यो पनि एउटा वा दुईवटा होइन, एक दर्जन ।
हालै एक अन्तरवार्तामा उनले यो खुलासा गरेकी हुन् । अन्तरवार्ताका दौरान एक फ्यानले उनलाई लेखेको पत्र पढेर सुनाइएको थियो । पत्रमा सोधिएको थियो, ‘तपाईंलाई यतिबेला सबैभन्दा बेसी गर्न मन लागेको काम के हो ?’
दीपिका केहीबेर सोचमग्न भइन् । अनि जवाफ दिइन्, ‘म बच्चा जन्माउन चाहन्छु । म एक दर्जन बच्चाकी आमा बन्न चाहन्छु ।’
यसअघि दीपिकाले एक अन्तरवार्तामा हलिउड अभिनेता विन डिजलको बच्चाको आमा बन्ने चाहना व्यक्त गरेकी थिइन् । सो अन्तरवार्ताले बलिउडमा राम्रै चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार