७ जेष्ठ २०८१, सोमबार

सेक्स सिम्बोल भन्दा दुखेसो छैन : प्रियंका



कतिपय नायिकाहरु ‘सेक्स सिम्बोल’ कहलाउन लाज मान्छन् । तर बलिउड अभिनेत्री प्रियंका चोपडालाई सेक्स सिम्वोल भन्ने गरिएकोमा कुनै आपत्ति छैन । ३४ वर्षिय अभिनेत्रीले ‘हट’ देखिनु आफ्नो जीवनको लक्ष्य नभए पनि यो आफ्नो पेशाको एक हिस्सा भएको बताइन् । उनले भनिन्, ‘ग्ल्यामरस अवतारमा प्रस्तुत हुनु मेरो कामको हिस्सा हो । जब मानिसहरुले मलाई सेक्स सिम्बोल भन्छन् यसमा मेरो कुनै दुखेसो हुँदैन । किनकी म एक अभिनेत्री हुँ र मेरो प्रकृति नै यस्तै छ ।’
उनले भनिन्, म हट चाहन्छु तर यसको मतलब यो हाृइन कि म केवल यहि लक्ष्य बोकेर हिडिरहेकी छु । प्रियंका चाँडै नै हलिउड फिल्म बेवाचमा ड्वेन जोन्सनका साथ देखिँदैछिन । सो फिल्ममा प्रियंकालाई हट अवतारमा देख्न पाइने विश्वास गरिएको छ । –  एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार