१० श्रावण २०८१, बिहीबार

स्थापित हुँदै कलाकारहरू



mahotsab
२०७३ पुस ०२ गते, धनगढी । गाउँ, जिल्ला वा क्षेत्र स्तरमै सीमित स्थानीय कलाकारका लागि सुदूरपश्चिम महोत्सव क्षमता निखार्ने बलियो मञ्च बनेको छ । महोत्सवमा आफ्नो कला प्रस्तुति गर्ने अवसर पाएका कतिपय स्थानीय गायक, गायिका, हास्य कलाकार राष्ट्रिय तहमा स्थापित हुँदै गएका छन् ।
सानैदेखि गीतसंगीतमा रुचि राख्ने बाजुराका विनोद बाजुरेलीले आफूलाई महोत्सवले नै राष्ट्रियस्तरमा स्थापित गराएको बताए । उनले २०६७ र २०६८ सालको महोत्सवमा आफ्नो कला प्रस्तुति गर्ने अवसर पाएका थिए ।
‘स्कूलकालदेखि नै गीत गाउथे, गीत लेख्थे’ उनले आफूले जिल्ला र क्षेत्रीय स्तरका धेरै प्रतियोगितामा सहभागी भए पनि राष्ट्रिय स्तरमा पहिचान बनाउन सुदूरपश्चिम महोत्सव बरदान बनेको बताए ।
उनले आफूले ३० भन्दा बढी गीत आफैले रचना गरे पनि खासै चर्चा नपाएको बताए । ‘महोत्सवमा अवसर पाएपछि मेरा गीतले चर्चा कमायो’ उनले भने– अवसर पाएका प्रायः कलाकार स्थापित भएका छन् ।
विनोद झैँ जनक कार्कीले पनि सुदूरपश्चिम महोत्सवमा प्रस्तुतिको अवसर पाएका कारण आफू चर्चित हुँदै गएको बताए । ‘महोत्सवले अवसर नदिएको भए सायद आज पनि स्थानीय तहमा सानातिना मञ्चमा गीत गाइरहेको हुन्थे होला’ उनले भने– तर आज मेरा गीत राष्ट्रिय तहमै प्रस्तुत भइहेका छन् ।
उनले अहिलेसम्म १३ वटा गीत गाइसकेको बताए । मेरो ‘तहल्का मचाउनु छ…’ ले निकै चर्चा कमाइरहेको छ, उनले सुदूरपश्चिम महोत्सवलाई अवसर दिएकामा धन्यवाद दिए ।
महोत्सवमा सांस्कृतिक समितिका संयोजक भीष्म ओझाले बर्सेनि आयोजना हुने गरेको सुदूरपश्चिम महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकताका साथ अवसर दिने गरेको बताए ।
‘सुदूरपश्चिम महोत्सवका कारण अहिलेसम्म २० जना बढी स्थानीय कलाकार राष्ट्रिय स्तरमा नै स्थापित भइसकेका छन्’ उनले स्थानीय गायक, नर्तक, हास्य कलाकारका लागि महोत्सव उपयुक्त अवसर बनेको बताए ।
स्थापित गायक यज्ञराज उपाध्यायले पनि महोत्सवले स्थानीय कलाकारलाई स्थापित गर्न योगदान पु¥याएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार