१४ कार्तिक २०८३, शुक्रबार

रक्षा बमको रवि लामिछानेलाई सुझाव : सुशासनको नारा नलगाउनुस



काठमाडौं / जेन–जी नेता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सुशासनको नारा नलगाउन सुझाव दिएकी छन् ।

सञ्चारगृहबाटै प्रहरीले पत्रकारलाई पक्राउ गर्न थालेपछि आक्रोशित बमले रविलाई यस्तो सुझाव दिएकी हुन् ।

क्षाले फेसबुकमा राखेको स्टाटस जस्ताको त्यस्तै

Rabi Lamichhane जी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ। कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने।
वाह, तपाईंहरूको सुशासन!


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार