१४ कार्तिक २०८३, शुक्रबार

नेपाल प्रेसका पत्रकार सुवेदी कार्यकक्षबाटै पक्राउ



काठमाडौं/ नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले सञ्चारगृहस्थित कार्यकक्षबाटै पक्राउ गरेको छ ।

प्रत्यक्षदर्शी तथा पक्राउका बेला त्यहाँ रहेका पत्रकार राजाराम न्यौपानेका अनुसार सादा पोशाकमा आएका प्रहरीले सुरक्षा गार्डलाई आफूहरू साथी भएको बताएर सुवेदीको कार्यकक्षबारे सोधपुछ गरेका थिए ।

शिलापत्रसँग कुरा गर्दै न्यौपानेले साँझ ५ बजेर ५ मिनेट आसपासमा सुवेदीलाई पक्राउ गरिएको बताए । उनका अनुसार सुवेदीले मोटरसाइकलमा जाने बताए पनि प्रहरीले आफ्नै गाडीमा जान आग्रह गर्दै लगेका थिए ।

‘आईजीसाबले बोलाउनुभएको छ भन्दै उहाँलाई लिएर गए,’ न्यौपानेले भने ।

सुवेदीले सरकार र प्रहरी प्रमुखबीचको विवाद तथा प्रहरी महानिरीक्षकले कानुनी परामर्श गरेको विषयमा समाचार लेखेका थिए ।

सञ्चारगृहबाटै पत्रकारलाई पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धमा प्रश्न उठाएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार